समाचार
रनिङ बिल तथा अन्तिम बिल भुक्तानी
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय:
योजना तथा प्राविधिक शाखा
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- योजनाको रनिङ बिल भुक्तानी वा अन्तिम भुक्तानीका लागि उपभोक्ता समितिको तर्फबाट समितिको निर्णयसहित निवेदन
- सम्बन्धित योजना हेर्ने प्राबिधिकबाट रनिङ बिल वा कार्यसम्पन्न प्रतिवेदन
- रनिङ बिल वा अन्तिम भुक्तानीका लागिसम्बन्धित वडा कार्यालयको सिफारिस
- खर्चका प्रमाणित बिलभर्पाईहरु
- योजनाको सार्वजनिक परीक्षण प्रतिवेदन
- उपभोक्ता समिति र अनुगमन समितिको बैठकबाट निर्माण कार्य सम्पन्न भएको भन्ने व्यहोराको निर्णय प्रतिलिपी
- आयोजना सूचना पाटी (होडिङ बोर्ड) को फोटो
- काम सुरु हुनु पूर्वको, काम हुदै गरेको र काम सकिएपछिको झलक देखिने फोटोहरु
- ठेकाबाट हुने कामको हकमा रनिङ बिल, प्राविधिक प्रतिवेदन, कार्यसम्पन्न प्रतिवेदन र नगरस्तरिय अनुगमन समितिको सिफारिस बमोजिम हुने ।