FAQs Complain Problems

रनिङ बिल तथा अन्तिम बिल भुक्तानी

सेवा प्रकार:

लाग्ने समय: 
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय: 
योजना तथा प्राविधिक शाखा
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  1. योजनाको रनिङ बिल भुक्तानी वा अन्तिम भुक्तानीका लागि उपभोक्ता समितिको तर्फबाट समितिको निर्णयसहित निवेदन
  2. सम्बन्धित योजना हेर्ने प्राबिधिकबाट रनिङ बिल वा कार्यसम्पन्न प्रतिवेदन
  3. रनिङ बिल वा अन्तिम भुक्तानीका लागिसम्बन्धित वडा कार्यालयको सिफारिस
  4. खर्चका प्रमाणित बिलभर्पाईहरु
  5. योजनाको सार्वजनिक परीक्षण प्रतिवेदन
  6. उपभोक्ता समिति र अनुगमन समितिको बैठकबाट निर्माण कार्य सम्पन्न भएको भन्ने व्यहोराको निर्णय प्रतिलिपी
  7. आयोजना सूचना पाटी (होडिङ बोर्ड) को फोटो
  8. काम सुरु हुनु पूर्वको, काम हुदै गरेको र काम सकिएपछिको झलक देखिने फोटोहरु
  9. ठेकाबाट हुने कामको हकमा रनिङ बिल, प्राविधिक प्रतिवेदन, कार्यसम्पन्न प्रतिवेदन र नगरस्तरिय अनुगमन समितिको सिफारिस बमोजिम हुने ।