FAQs Complain Problems

सेवा करारमा लिने सम्बन्धी सूचना

कीर्तिपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय

सेवा करारमा लिने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०७४।०९।०४

    यस कीर्तिपुर नगरपालिका कार्यालयको लागि तपशिल अनुसारका नगर प्रहरी कर्मचारीहरू सेवा करारमा लिनु पर्ने भएको हुँदा लोकसेवा आयोगले निर्धारण गरेको फाराम भरी

देहायका पदहरूमा प्रथम पटक सूचना प्रकाशित भएको मितिले २१(एक्काईस) दिनभित्र दरखास्त दिन ईच्छुक योग्य उम्मेदवारहरूलाई यो सूचना प्रकाशित गरिएको छ । म्याद नाघि 

प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

क्र.स. सूचना पद माग संख्या
१।२०७४।२०७५ नगर प्रहरी हवल्दार १ (एक)
२।२०७४।२०७५ नगर प्रहरी जवान ४ (चार)
 
क) योग्यता :सुरक्षा निकाय (नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी बल)बाट सेवा निवृत्त नगर प्रहरी हवल्दारको हकमा सम्बन्धित पदमा कम्तिमा ३ (तिन) बर्ष काम गरि विभागिय
सजाय नपाएको र प्रहरी जवानको हकमा सम्बन्धित पदमा कम्तिमा १०(दश ) बर्ष काम गरि विभागिय सजाय नपाएको हुनुपर्नेछ ।

ख) उमेर;२०७४ सालको बैशाख १ गते १८ बर्ष पुरा भै ४५ बर्ष ननाघेको हुनुपर्नेछ ।

ग) छनौटका आधार :अन्तरवार्ता

घ) सेवा शर्त सुबिधा :नगरपालिकाले तोके बमोजिम

ङ) दरखास्त दस्तुर : सूचना न. १।२०७४।२०७५ को हकमा रू.२००।– र सूचना न.२ ।२०७४।२०७५ को हकमा रू.१००।- को रसिद दरखास्त फारामसंग संलग्न गरि बुझाँउनु पर्नेछ ।

च) दरखास्त फाराम बुझाउँने अन्तिम म्याद मिति २०७४।०९।२४ गते  सोमबारसम्म हुनेछ

छ) अन्तरवार्ता मिति दरखास्त दिने म्याद समाप्त भए पश्चात नगरपालिकाको सूचना पाटीमा टाँस गरिनेछ ।

ज) संलग्न हुनुपर्ने कागजातहरू: नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी,नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकबाट प्रमाणित निरोगिताको प्रमाणपत्रको प्रतिलिपी,

अवकाश प्राप्त भएको प्रमाणको प्रतिलिपी र आफुसंग भएको शैक्षीक योग्यताको प्रतिलिपी संलग्न गर्नु पर्नेछ ।

झ) अन्य थप विस्तृत जानकारिका लागि प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ ।

                                                                                                                                                                कीर्तिपुर नगरपालिका

                                                                                                                                                फोन.न. ०१४३३१६९३, ०१४३३१८०५

Supporting Documents: