समाचार
उपभोक्ता समिति सँग योजना सम्झौता तथा पेश्की प्रदान
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय:
योजना तथा प्राविधिक शाखा
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- योजना सम्झौताका लागि उपभोक्ता समितिको तर्फबाट निवेदन
- योजनाको प्राबिधिक लागत ईस्टिमेट
- निर्वाचित वडा जन प्रतिनिधिको रोहबरमा सरोकार वाला पक्षहरु सहितको भेला बाट उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि
- उपभोक्ता समिति गठनमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिस्चित भएको हुनुपर्ने साथै उपभोक्ता समिति समावेशी हुनुपर्ने
- संगठित संघसस्था, समुह, क्लब समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णय प्रतिलिपी
- अध्यक्ष, सचिव र कोषाध्यक्ष पद मध्ये १ पद महिला हुनुपर्ने
- उपभोक्ता समितिको छाप हुनुपर्ने
- उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्झौताको लागि सम्बन्धित वडाकार्यालयको सिफारिस
- निर्माणको विवरण र लागत सहभागिता सम्बन्धिनिर्णय प्रतिलिपि
- उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नका निम्ति वढी मातीन जना ( एक महिला सहित ) पदाधिकारीहरुको संयुक्त दस्ताखतबाट संचालन गर्ने गरी बैंकको नाम समेत उल्लेख भएको निर्णयको प्रतिलिपि
- ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन र तोकिए बमोजिमको कार्यसम्पादन जमानत
- मोबिलाईजेसन पेश्कीको हकमा पेश्की रकम बराबरको बैक जमानत
- ठेक्का सम्बन्धी अन्य कुराहरुको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने ।