FAQs Complain Problems

उपभोक्ता समिति सँग योजना सम्झौता तथा पेश्की प्रदान

सेवा प्रकार:

लाग्ने समय: 
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय: 
योजना तथा प्राविधिक शाखा
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  1. योजना सम्झौताका लागि उपभोक्ता समितिको तर्फबाट निवेदन
  2. योजनाको प्राबिधिक लागत ईस्टिमेट
  3. निर्वाचित वडा जन प्रतिनिधिको रोहबरमा सरोकार वाला पक्षहरु सहितको भेला बाट उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि
  4. उपभोक्ता समिति गठनमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिस्चित भएको हुनुपर्ने साथै उपभोक्ता समिति समावेशी हुनुपर्ने
  5. संगठित संघसस्था, समुह, क्लब समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णय प्रतिलिपी
  6. अध्यक्ष, सचिव र कोषाध्यक्ष पद मध्ये १ पद महिला हुनुपर्ने
  7. उपभोक्ता समितिको छाप हुनुपर्ने
  8. उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  9. सम्झौताको लागि सम्बन्धित वडाकार्यालयको सिफारिस
  10. निर्माणको विवरण र लागत सहभागिता सम्बन्धिनिर्णय प्रतिलिपि
  11. उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नका निम्ति वढी मातीन जना ( एक महिला सहित ) पदाधिकारीहरुको संयुक्त दस्ताखतबाट संचालन गर्ने गरी बैंकको नाम समेत उल्लेख भएको निर्णयको प्रतिलिपि
  12. ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन र तोकिए बमोजिमको कार्यसम्पादन जमानत
  13. मोबिलाईजेसन पेश्कीको हकमा पेश्की रकम बराबरको बैक जमानत
  14. ठेक्का सम्बन्धी अन्य कुराहरुको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने ।