समाचार
कृषि समूह दर्ता तथा नवीकरण
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
कृषि विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
कृषि विकास शाखा
सेवा शुल्क:
कृषि फर्म/ समूह भए रु.५००
आवश्यक कागजातहरु:
- सम्बन्धित समूहको निवेदन वा पत्र
- प्रस्तावित समूहको विधान
- सम्बन्धित वडाको सिफारिस
- कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
- समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
- समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
- अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रतिफोटो
- अन्य आवश्यक कागजातहरू