समाचार
पुर्व प्राथमिक तह सञ्चालन अनुमती
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय:
शिक्षा शाखा
सेवा शुल्क:
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- सम्वन्धित विद्यालयको व्यवस्थापन/संचालन समितिको निर्णयको प्रतिलिपी सहितको तोकिएको ढाँचामा निवेदनपत्र
- सञ्चालक समितिका पदाधिकारी, लगानीकर्ता तथा सदस्यहरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
- गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमालीको प्रमाणित प्रतिलिपि
- सम्वन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र
- संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि
- सबै भन्दा नजिकका दुई विद्यालयको सहमति पत्र
- शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन
- विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
- विद्यालय सञ्चालनमा आवस्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने ।
- स्थलगत निरीक्षण प्रतिवेदन
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
- धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
- तोकिए बमोजिमको रकम बुझाएको रसिद
- नगरपालिकामा निवेदन दस्तुर तिरेको रसिद