FAQs Complain Problems

नयाँ संस्थागत विद्यालय विद्यालय खोल्ने अनुमती

सेवा प्रकार:

लाग्ने समय: 
नगरपालिकाको निर्णय अनुसार
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
शिक्षा शाखा
सेवा शुल्क: 
धरौटी वापत रु. २५,०००।– अनुमति दस्तुर रु. ५,०००।–आधारभुत तह वार्षिक दस्तुर रु. १,०००।– माध्यमिक तह वार्षिक दस्तुर रु. २,०००।– गुठीद्धारा सञ्चालित विद्यालयहरुलाई धरौटी रकम नलाग्ने
आवश्यक कागजातहरु: 
  1. सम्वन्धित विद्यालयको व्यवस्थापन/संचालन समितिको निर्णयको प्रतिलिपी सहितको तोकिएको ढाँचामा निवेदनपत्र
  2. सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
  3. गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमालीको प्रमाणित प्रतिलिपि
  4. सम्वन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र
  5. संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  6. सबै भन्दा नजिकका दुई विद्यालयको सहमति पत्र
  7. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन
  8. विद्यालय सञ्चालनमा आवस्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने । 
  9. स्थलगत निरीक्षण प्रतिवेदन
  10. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा शर्त सम्बन्धि विनियमावलीको प्रतिलिपी
  11. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
  12. चालु आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
  13. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
  14. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा व्यवसाय कर तिरेको प्रमाण
  15. तोकिए बमोजिमको रकम बुझाएको रसिद
  16. नगरपालिकामा निवेदन दस्तुर तिरेको रसिद