समाचार
नयाँ घरनक्सा दर्ता र नक्सा पास (प्लिन्थ लेभल सम्मको अस्थायी इजाजत)
सेवा प्रकार:
लाग्ने समय:
४5 दिन भित्र
जिम्मेवार अधिकारी:
सम्वन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय:
भवन तथा नक्सा शाखा
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- नक्सा पास दरखास्तफाराम
- नगरपालिकाको राजश्व शाखामा नक्सा पास दरखास्तफाराम खरिदका लागि तोकिएको दस्तुर बुझाएको रसिद
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
- चालू आ.वको सम्पत्ति कर/ मालपोत तिरेको रसिद
- कित्ता नं. स्पष्ट भएको नापीनक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति
- लिखित रजिष्ट्रेशन पासको प्रतिलिपि
- जग्गा कुनै निकायमा धितोको रुपमा राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र
- नक्सावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति पत्र
- बाटो स्पष्ट नभएमा प्लट रजिष्टर उतार
- वारेस राखि नक्सा पास गर्नुपर्न भएमा वारेसनामा र वारेसको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- न.पा.मा सूचीकृत डिजाईनरद्वारा आफ्नोनेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित नगरपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टी गरी सो को सक्कल प्रती ।
- घर निर्माणका लागि नक्सामा बाटो स्पष्ट नभएमा सम्वन्धित वडाबाट चलनचल्तीको बाटोको सिफारिस पत्र ।
- भित्र दावीविरोधनआएमा, तोकिएको म्याद पुरा भएपछिसम्बन्धितजग्गामासम्बन्धितवडासचिववानिजलेतोकेकोप्रतिनिधिले सम्वन्धित जग्गाधनी र वडा प्रतिनिधिको रोहवरमा साध सधियारको रोहवरमासर्जमिनमुचुल्कागराईसम्बन्धित शाखामा पेश गर्ने ।
- प्राविधिक दृष्टिले उक्त घर नक्सापास गर्न उपयुक्त रहेको नरहेको बारे स्थलगतरुपमागई प्रतिवेदन दिए पछि मात्र वडा कार्यालयले घर नक्सापासका लागि नगरपालिकामा सिफारिस गर्ने |
- भुकम्प पीडितको हकमा
- भुकम्प पीडित परिचय पत्र
- भुकम्प पीडित सम्झौता
- भुकम्प पीडित निस्सा
- भुकम्पबाट क्षति भई घर पाताल भएको भन्ने सम्बन्धित वडाको सिफारिस