समाचार
नयाँ सामुदायिकविद्यालय खोल्ने अनुमती
सेवा प्रकार:
लाग्ने समय:
बढीमा ३ महिना
जिम्मेवार अधिकारी:
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय:
शिक्षा शाखा
सेवा शुल्क:
धरौटी वापत रु. २५,०००।– अनुमति दस्तुर रु. ५,०००।–आधारभुत तह वार्षिक दस्तुर रु. १,०००।– माध्यमिक तह वार्षिक दस्तुर रु. २,०००।– गुठीद्धारा सञ्चालित विद्यालयहरुलाई धरौटी रकम नलाग्ने
आवश्यक कागजातहरु:
- शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिवद्धतासहितको तोकिएको ढाँचामा निवेदनपत्र
- सम्बन्धित वडाको विद्यालय सञ्चालन गर्ने सिफारिस पत्र र प्रतिवद्धता पत्र
- प्रस्तावना पत्र
- विद्यालय व्यवस्थापन समितिको गठन भएको कागजात तथा समितिको निर्णय प्रतिलिपि तथा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी एबं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपी
- नजिकका कम्तिमा दुई विद्यालयको सहमति पत्र
- जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच बर्षका लागि गरिएको कबुलियतनामा तथा संझौता पत्रको प्रतिलिपि
- शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन
- चालु आ.व. सम्मको सम्पत्तीकर तथा घर बहाल तिरेको रसिद
- तोकिए बमोजिमको रकम बुझाएको रसिद
- विद्यालय सञ्चालनमा आवस्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने ।
- विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्वन्धी विनियमावलीको प्रतिलिपी
- नियमानुसार धरौटी राखेको प्रमाण
- स्थलगत निरीक्षण प्रतिवेदन