FAQs Complain Problems

भवन निर्माण सम्बन्धि सुचना।

२०७२ साल वैशाख १२ गते शनिबार गएको विनाशकारी महाभुकम्पले पुर्याएको क्षति, तत्काल गरीने उद्दार एवं राहत वितरणकालागि तपाईको संयोजकत्वमा गठित समुदायस्तरीय विपद व्यवस्थापन समितिमा वडास्तरीय दलिय प्रतिनिधित्व समेत गराई कार्यान्वयन गर्न यस अघिनै निर्देशन दिईसकेको व्यहोरा अवगत नै छ। सो समितिलाई सक्रिय पारी कार्यान्वयन गर्न र २०७२ साल वैशाख २५ गते भित्रै आफ्नो वडा भित्र भएका मानवीय एवं भौतिक क्षति, गरिएको उद्दार तथा राहत वितरण, पर्न आएका समस्या र उक्त समितिका बैठकको निर्णय प्रतिलिपि सहितको यथार्थ विवरण उपलब्ध गराईदिनुहुन अनुरोध छ।