समाचार
सम्पूर्ण नगरबासीहरुमा अनुरोध
सम्पूर्ण नगरबासीहरुमा अनुरोध
– नगरपालिकाको अनुमति लिएर मात्र भवन निर्माण गरौं ।
– भूकम्पिय प्रतिरोधात्मक पूर्वाधार÷संरचनाको निर्माण गरौं ।
– आफ्नो टोल, चोक, घर आँगन हामी आफैले सफा सुग्घर राखि सभ्यातको परिचय दिऔं ।
– आफ्नो घर अगाडीको सडक तथा फुटपाथमा निर्माण सामाग्री तथा अन्य कुनै पनि सामान नराखौं ।
– बालश्रम प्रयोग नगरौं ।
– विनाशकारी भूकम्पका कारण भत्केका संरचनाहरुको भग्नावशेष, चोक, गल्ली, सडक, धार्मिक एवं पुरातात्वीक सम्पदा र सार्वजनिक स्थलबाट हटाउन सहयोग गरौं ।
– नगरपालिकालाई बुझाउनु पर्ने कर, सेवा शुल्क समयमै बुझाऔं ।
– व्यक्तिगत घटना (जन्म, विवाह, बसाई सराई, सम्वन्ध विच्छेद, मृत्यु) को ३५ दिन भित्र सम्वन्धित वडा कार्यालयमा दर्ता गराई प्रमाण पत्र लिऔं ।
– नगरपालिका कार्यालय प्रति केही गुनासो भए नगरपालिका कार्यालयको ध्यानाकर्षण गराऔं ।
कीर्तिपुर नगरपालिका