वडा जानकारी
मुख्य टोलहरू:
पाङ्गा: परम्परागत नेवार बस्ती, पाङ्गा काठमाडौँ उपत्यकाको एक ऐतिहासिक र सांस्कृतिक महत्वपूर्ण स्थान हो।
यलबु: यो स्थान परम्परागत नेवार बस्तीहरूमध्ये एक हो, जसमा पुराना शैलीका घरहरू छन्।
बाघ भैरव: यो धार्मिक स्थल आसपासका टोलहरूसंग जोडिएको छ।
धार्मिक तथा पर्यटकीय स्थलहरु:
बाघ भैरव मन्दिर: बाघ भैरव मन्दिर प्रसिद्ध धार्मिक स्थल हो, जुन विशेष गरी बाघ भैरव जात्राको समयमा महत्व राख्दछ।
किर्तिपुर दरबार क्षेत्र: पुरातात्त्विक र ऐतिहासिक स्थल, यो ठाउँ नेवार संस्कृति र कलाको महत्वपूर्ण केन्द्र हो।
प्रमुख सार्वजनिक संरचनाहरु:
श्री मच्छिन्द्रनाथ मन्दिर: यो मन्दिर काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण धार्मिक संरचना मध्ये एक हो।
धारा: पाङ्गामा परम्परागत नेवारी शैलीको धारा रहेको छ।
सरकारी कार्यालयहरु:
वडा कार्यालय, देवढोका: स्थानीय प्रशासनिक कामकाजको केन्द्र हो।
शिक्षा कार्यालय: त्रिभुवन विश्वविद्यालयको शिक्षाको व्यवस्थापनको लागि सरकारी कार्ययालयहरु यहाँ रहेका छन्।
जात्राहरू:
बाघ भैरव जात्रा: यो जात्रा वडा नां २ मा प्रख्यात छ, जहाँ भक्तजनहरूले बाघ भैरवको पूजा अर्चना गर्दछ।
नेपाली
English