मलखाद, कृषि फर्म तथा कृषि सामग्री बिक्रेता दर्ता तथा नवीकरण

आवश्यक कागजातहरू

१. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र

२. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव

३. परियोजनाको प्रस्ताव

४. सम्बन्धित वडाको सिफारिस

५. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि

६. विक्रेताको प्रमाणपत्र

७. फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि

८. सञ्चालकहरूको २/२ प्रति फोटो

९. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि

१०. व्यवसाय कर तिरेको प्रमाण

११. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण

१२. अन्य आवश्यक कागजातहरू

सेवा शुल्क

नगरपालिकाको आर्थिक ऐन अनुसार

लागने समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट

विभाग

N/A

जानु पर्ने कोठाहरु

N/A