FAQs Complain Problems

उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिममा आवेदन दिने बारेको सूचना ।

सहभागीताको लागि भर्नु पर्ने फारम

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वरकाठमाण्डौको आयोजनमा मिति २०७६ भाद्र २२ देखि आश्विन ६ गतेसम्म सञ्चालन हुने "उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम" मा सहभागी हुन ईच्छुक तपशिल योग्यता पुगेका कीर्तिपुर बासि नेपाली नागरिकहरुलाई मिति २०७६ भाद्र १७ गते सम्म यस कीर्तिपुर नगरपालिकामा निवेदन दिन यो सुचना प्रकाशित गरिएको छ ।

तपशिलः- 

- ‌न्यूनतम ‌+२ उत्तीर्ण 

- नेपाली नागरिक 

- उमेरः- २१ वर्ष पुरा भएको 

- उद्यमशीलता र उद्योग/व्यवसाय विकास कार्यमा संलग्न वा काम गर्न ईच्छुक 

नोटः- सहभागीहरुलाई कुनै किसिमको शुल्क लाग्ने छैन । सहभागीहरुलाई आवश्यक स्टेस्नरी, हेन्डआउट्स र खाजा प्रतिष्ठानले उपलब्ध गराउने छ । तर सहभागीहरुले आवश्यकता अनुसार आफ्नो यातायात खर्च, खाना तथा बास खर्च आदि स्वयंले गर्नुपर्नेछ ।