FAQs Complain Problems

Online घटना दर्ता गर्नको लागि सवै सरोकारवालाहरुमा की.न.पा. को सूचना

नेपाल सरकार केन्द्रिय पञ्जिकरण विभागले देशभर सामाजिक सुरक्षा र व्याक्तिगत घटना दर्तालाई Online बनाउने कार्यलाई तीब्रता दिएको सन्दर्वमा यस कीर्तिपुर नगरपालिकाको कार्यालयले समेत सामाजिक सुरक्षा कार्यक्रम online गरिसकेको सबैमा अवगत नै छ । अव उप्रान्त व्याक्तिगत घटना दर्ता (जन्म, मृत्यु, वसाईसराई, सम्बन्धविच्छेद, विवाह दर्ता ) online गर्नको लागि निम्न अनुसार गर्न, गराउन सम्वद्ध सवैमा जानकारीका लागी अनुरोध गरीन्छ ।

  1. केन्द्रिय पञ्जिकरण विभागको Website:- www.docr.gov.np मा गई अनलाईन घटना दर्ता निवेदनमा क्लिक गरी आवश्यक विवरण भर्नुहोस् । अथवा 116.90.234.162:804/ लाई Firefox Browser को URL मा राखी Enter गर्नुहोस् र घटना दर्ताको लागी क्लिक गरी आवश्यक विवरण भरी पेश गर्नुहोस् ।
  2. त्यसपछि तपाईको mobile मा टोकन न. आउनेछ, त्यो टोकन न. लिई सम्बन्धित वडामा जानुहोस्, र आफ्नो आवश्यक प्रमाणपत्र लिनुहोस् । तथा
  3.  प्रत्येक वडा कार्यालयले पनि online निवेदन लाई नै प्राथमिकतामा राखी कार्य गर्नुहोला ।

सम्बन्धित सवैको सहयोगको अपेक्षा गर्दछौ साथै सहयोगको लागि धन्यवाद ।।।।।