"सांस्कृतिक र प्राकृतिक सम्पदायुक्त, शैक्षिक एवं पर्यटकीय शहर !स्वच्छ हराभरा, समावेशि तथा समुन्नत हाम्रो कीर्तिपुर नगर!!" कीर्तिपुर नगरपालिकाको वेबसाइटमा तपाईहरुलाई स्वागत छ । हाम्रो फेसबुक पेज लाईक गर्न तथा वेवसाईटमा रेटिङ गर्न नभुल्नुहोला ।

संक्षिप्त परिचय

कीर्तिपुर नेपालको इतिहासमा एउटा आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर हो । नेवार जातिहरुको मुख्य बसोबास रहेको एेतिहासिक कीर्तिपुर नगर वि.सं २०५३ चैत्र १४ गते नगरपालिका एेन २०५३ अनुसार गठन भएको हो। मल्ल कालदेखि नै कला र संस्कृतिबाट धनी हुँदै आएको यस कीर्तिपुर नगरले आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाईलामा भाग लिंदै आईरहेको छ । अर्को तिर प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनिय भूमिका खेल्दै आएको छ ।

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।

समयमा नै घटना दर्ता गरौ । घटना दर्ताको जानकारी दिऊ ।

  • जन्म, मृत्यु लगायतका घटना दर्ताको विवरण नियमानुसार सच्याउने अधिकार गाउँपालिका एवं नगरपालिका र उप एवं महानगरपालिकाको हकमा प्रशासकिय प्रमुखलाई प्रत्यायोजन भएको छ ।
  • विवाहको सूचना पति र पत्नी दुवैले दिनु पर्छ ।